newskoseli.Com

तिमालमा खानेपानीको हाहाकार

काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा खानेपानीको चरम अभाव शुरु भएको छ । २०७२ को विनाशकारी भूकम्पका कारण पानीका मूलहरु सुकेकाले पानीको हाहाकार मच्चिएको हो । त्यसो त तिमाल क्षेत्र खानेपानीको अभावै भएको क्षेत्र हो यद्दपी भूकम्पले भएका मूलहरु पनि बन्द गराइदिए पछि यस क्षेत्रमा पानीको अभाव आकाशीएको छ ।

यस क्षेत्रमा खानेपानीको अभाव देखेर करिब पाँच वर्ष अघि एक विदेशी संस्थाले पानीको ट्याङ्की (घैटो कार्यक्रम मार्फत्) बनाइदिएको थियो । बर्षायाममा परेको पानी सञ्चय गरेर उपभोग गर्दा स्थानिय वासिन्दाले केही राहत अनुभव गरेका थिए । गत वर्षको विनाशकारी भूकम्प पछि कतिपय घैटो फुटेकाले तथा यस वर्ष पानी पनि खासै नपरेकाले घैटोमा पानी जम्मा गर्न नसकेपछि यो अवस्था आएको स्थानिय वासिन्दा बताउँछन् ।

स्थानिय वासिन्दालाई खानेपानीको केही राहत होस् भनेर एक विदेशी गैरसरकारी संस्थाले २ हजार पाँच सय लिटर पानी जम्मा हुनेगरि प्रत्येक घरका लागि २–२ वटा पक्की ट्याङ्की (घैटो) निर्माण गरिदिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर