newskoseli.Com

राष्ट्रपति भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् ।

फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो ।

नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहेपनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोर्ब्सले उल्लेख गरेकेा छ ।

महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोर्ब्सले उल्लेख गरेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् ।

दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचिमा ५१ जना अमेरिकी महिला छन् । मर्केलपछि दोश्रो स्थानमा अमेरिकी राष्ट्रपतिय चुनावको दौडमा रहेकी नेतृ हिलेरी क्लिन्टन छिन् । फेडरल रिजर्भ बैंककी जेनेट येलेन तेश्रो स्थानमा छिन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनबाट यो वर्ष ९ महिलाहरुले फोब्र्सको शक्तिशाली महिलाको सूचिमा आफ्नो स्थान बनाएका छन् ।

यसमा इ कमर्श साइट अलिबाबाकी वरिष्ठ कर्मचारी लूसी पेंग तथा विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गरेट चेन लगायतका छन् ।

१ सय जना शक्तिशाली महिलामध्ये टप टेन यी हुन्

· एन्जेला मर्केल
· हिलारी क्लिन्टन
· ज्यानेट एलेन
· मेलिन्डा गेट्स
· म्यारी बारा
· क्रिस्टिन लेगार्ड
· शेरिल स्यान्डवर्ग
· सुसन ओज्सिकी
· मेग ह्वाइटम्यान
· आना प्याटि्रसिया बोटिन

त्यस्तै म्यानमारकी नेतृ आंग सांग सूची २६ औँ स्थानमा छिन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा छिन् । भारतीय नेतृ सोनिया गान्धी भने शक्तिशाली महिलाको सूचिमा परिनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर