newskoseli.Com

‘कम्युनिस्ट विचार’ ले नयाँ शक्तिमा विवाद !

नयाँ शक्ति नेपालमा कम्युनिस्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचार सहितको पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् भने पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकारबाट नयाँ शक्तिमा अाएकाहरू भने त्यसको विरोधमा रहेकाले विवाद बढ्दै गएकाे बताइएकाे छ ।

गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा. प्रविण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले वामपन्थी विचार अवलम्बन गरिए पार्टीमा नबस्ने चेतावनी दिएका छन् ।

पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् । उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन ।

‘कम्युनिष्ट दर्शन बोकेर पार्टी गठन भयो भने हामी भोलिपल्टै बाहिरिन्छौं’ नेपाल प्रहरीका पूर्वएआईजी समेत रहेका केन्द्रीय सचिवालय सदस्य गणेशराज राईले भने, ‘एमाले र माओवादीजस्तै विचारधारा होइन कि हामी दिगो शान्ति, स्थायित्व, विकास र समृद्धिसहितको नयाँ शक्तिमा आएका हौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर