newskoseli.Com

किन ‘गोदे’ मणि थापाले रामबहादुर थापालाई ?

एमाओवादी र वैद्य माओवादीको एउटा पक्षसहित झन्डै दर्जन घटक र समूहबीच एकता भएर हालै गठन भएको नेकपा (माओवादी केन्द्र) को कार्यालय टिम अर्थात् हेडक्वार्टरका एक नेता मणि थापाले सोही पार्टीका अर्का वरिष्ठ नेता रामबहादुर थापालाई ‘मज्जाले गोद्न थालेको’ सोही पार्टीका एक नेताले न्युजकोसेलीलाई बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) बनेलगत्तै विगतको विभाजन र अहिलेको एकीकरण तथा माओवादी केन्द्रको अबको रणनीति, कार्यनीति, भूमिका, चुनौती र सम्भावनाबारे पार्टीपंक्तिमा एकरुपतापूर्ण बुझाइ कायम गर्ने उद्देश्यसाथ देशभर केन्द्रीय कार्यालयमा रहेका सबै ९ नेताको उपस्थितिमा चलिरहेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सिलसिलामा प्रशिक्षार्थीहरुकै सामुन्ने हेडक्वार्टरको सातौं वरियतामा रहेका मणि थापाले दोस्रो कि तेस्रो वरियता भन्ने ‘कन्फ्युजन’ मै रहेका वरिष्ठ नेता रामबहादुर थापालाई ‘दनादन गोद्न थालेको’ ती नेताको भनाइ छ ।

ती नेता र अर्का एक सहभागी प्रशिक्षार्थीले दिएको जानकारी अनुसार सोमबार पोखरामा सम्पन्न ४ नं. प्रदेशको प्रशिक्षणमा मणिले ‘देशभरका प्रशिक्षणमा अध्यक्ष प्रचण्डले मात्रै आत्मालोचना गर्ने र एकताको सिलसिलामा जोडिएको अरु घटक र समूहका नेताले चाहिँ आफूहरु दूधले निहाएजस्तै चोखो रहेको भान पर्नेगरी आत्मालाोचनाविना भाषण मात्रै गर्ने गरेको देखेर आफ्नो साह्रै नै चित्त दुखेको’ बताए ।

अध्यक्ष प्रचण्डले चाहिँ विगतमा आफ्नो तर्फबाट प्रशस्तै कमीकमजोरी भएकाले आफू गम्भीर ढंगले आत्मालोचित भएको उल्लेख गर्दै अब उप्रान्त कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्ने तर विगतमा एकीकृत पार्टीको दोस्रो–तेस्रो हैसियतमा रहँदा समेत पार्टी फुटाएर गई अहिले एकतामा आएका नेताहरुले पटक्कै आत्मालोचित नहुने गरेको देख्दा आफू आश्चर्यचकित मात्रै नभई दुखित समेत भएको कार्यालय सदस्य मणि थापाले बताएको उनीहरुको भनाइ छ ।

मणिलाई उद्धृत गर्दै ती नेताले भने– ‘गल्ती त हिजो हामी सबैबाट भएकै हो नि, हामीले पनि छाडेकै हो, पार्टी र नेतृत्वलाई असहयोग गरेकै हो । प्रचण्डले पनि केही कमीकमजोरी गर्नुभयो, त्यसैले हामी जो–जो एकतामा आएका छौं, सबैले ‘म म’ भन्दै प्रचण्डले जस्तैगरी आत्मालोचना किन नगर्ने ?’

२० गते काठमाडौंको ३ नं प्रदेश र २२ गते महोत्तरीको २ नं प्रदेशका प्रशिक्षणमा प्रचण्डले मात्रै धेरै आत्मालोचना गरेका तर अरुहरु गमक्क फुलेर बसेका भन्दै नेतृत्वलाई कमजोरीको पोकोका रुपमा स्थापित गर्ने खतरा भएकाले आइन्दा त्यसो नगर्न मणिले प्रचण्डलाई ‘सुझाव’ समेत दिएको स्रोतले बतायो ।

हिजो प्रचण्डकै नेतृत्वमा एकताकेन्द्र बन्यो, माओवादी जनयुद्ध अगाडि बढ्यो र शान्तिप्रक्रियामा समेत आइयो । उहाँकै नेतृत्वमा संविधानसभाबाट थोरै भए पनि प्रगतिशील र जनयुद्धका एजेन्डामा आधारित संविधान समेत बनाइयो । अहिले फेरि पनि प्रचण्डकै मुख्य पहल र नेतृत्वमा माओवादीहरुबीच एकता समेत सम्भव भयो भन्दै मणिले प्रचण्डका ‘नकार’ भन्दा ‘सकार’ नै बढी भएको उल्लेख गरे । ती नेताका अनुसार घुमाउरो ढंगले रामबहादुर थापालाई ‘गोददै’ मणिले मालेमा र प्रचण्डपथलाई थप विकसित पार्न र स्थापित गर्न समेत नयाँ ढंगले बहस छेडिनुपर्ने तर्क गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर