newskoseli.Com

उपराष्ट्रपतिले गर्ने भए चीन भ्रमण

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण हुने भएको छ । सरकारले बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनको आसन्न चीन भ्रमण स्वीकृत गरेपछि उनको भ्रमण सुनिश्चित भएको हो ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २८ देखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्ने एजेन्डालाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता उपराष्ट्रपति पुनको यो पहिलो विदेश भ्रमण हो ।

त्यसैगरी सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचार्इ र सिँचार्इ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आएका जनआन्दोलन २०६२–६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्योपचारका लागि १६ लाख ५६ हजार रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त रकम त्यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने छ । त्यसैगरी सम्पत्ति सुद्धीकरणसम्बन्धी नियमावली– २०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर