newskoseli.Com

राजधानीमै ट्याक्सीमा आगजनी दर्जनौं बन्दकर्ता पक्राउ, कोही पेट्रोलबमसहित समातिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् ।

बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक्सीमा आगो लगाइदिएको एसएसपी सुशील भण्डारीले न्युजकोसेलीलार्इ बताए । सुवास परियार चालक रहेको बा १ झ ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेको उनले बताए ।

बन्द सफल पार्न आह्वान गर्दै हिँडेका दुई जनालाई भक्तपुरमा पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ। काठमाडौंका विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको एसएसपी विक्रमसिंह थापाले बताए ।

एसएसपी थापाका अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमाल र विष्णुहरि अधिकारीलाई प्रहरीले कालिमाटीबाट नियन्त्रणमा लिएको छ। बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर