newskoseli.Com

पूर्वराजा ज्ञानेन्द्रमाथि दोरम्बाकाण्डका पीडितको उजुरी

विश्वचर्चित दोरम्बा नरसंहारमा हत्या गरिएका माओवादी नेता बाबुराम लामाकी छोरी संगिता लामालगायतका पीडित आफन्तले तत्कालीन राजा ज्ञानेन्द्र शाहसहितविरूद्ध उजुरी दिएका छन् ।

‘मेरा बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्र सहित आयोगको दैलो ढकढक्याएकी छु’, बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा पूर्वराजा ज्ञानेन्द्र, उनका गृहमन्त्री कमल थापासहित झन्डै १ दर्जनविरुद्ध किटानी जाहेरी दिएपछि लामाले भनिन्– ‘बाबाको हत्यारामाथि कारबाही नभएसम्म हामी लडिरहन्छौं ।’

Doramba3
यी हुन् दाेरम्बामा मारिएका मुख्य नेता बाबुराम लामा

तत्कालीन विद्रोही माओवादी र सरकारबीच युद्धविराम भर्इ दाङको हापुरेमा दोस्रो चरणमा वार्ता चलिरहेकै दिन २०६० साउन ३२ मा रामेछापको दोरम्बामा तत्कालीन शाही सेनासेनाका मेजर राममणि पोखरेलको कमान्डमा रहेको सैन्य टुकडीले पक्राउ गरेर नियन्त्रणमा लिएका २२ माओवादी नेता–कार्यकर्तालार्इ पक्राउको केही घन्टापछि जंगलमा लस्करै उभ्याएर गोली हानी हत्या गरिएको थियो ।

त्यस क्रममा जनयुद्धरत माओवादीद्वारा गठित जिल्ला जनसरकारका प्रमुख एवम् माओवादी पार्टीका क्षेत्रीय ब्युरोका कार्यालय सदस्य बाबुराम लामासहित महिला र पुरूष तथा विभिन्न स्तरका गरी २२ माओवादी नेता–कार्यकर्ताको सामूहिक हत्या भएको थियो ।

दोरम्बा हत्याकण्डका पीडीतहरुले बिहीबार दर्ता गराएको उजुरीमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सूर्यबहादुर थापा, त्यसबेलाका गृहमन्त्री कमल थापा, गृहसचिव अनन्तराज शर्मा पाण्डे, सेनापति Doramba1प्यारजङ्ग थापा, प्रहरी महानिरीक्षक श्यामभक्त थापा, रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी चुडामणि बस्याल, डीएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्यमन्त्री कमल चौलागाईं, सेनाका मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापति ध्रुव लामा र उपसभापति रमेश बस्नेतलगायतविरुद्ध किटानी जाहेरी दिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर