newskoseli.Com

२ लाख अनुदान पाउन याेग्य भूकम्प पीडितकाे नाम सार्वजनिक

भूकम्पले घर भत्काएपछि भग्नावसेसमा बसेर टाेलाउदै धादिङ जीवनपुरका दुर्गा पाण्डे र हेमकुमारी पाण्डे । तस्बिरः माेहन प्रसाद मैनाली

वैशाख १३, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३ सय ८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।    तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य ३ लाख ९ सय ६१ घरधनीको सूची सार्वजनिक गरेको हो ।

घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । उनका अनुसार अनुदान पाउनयोग्य घरधनीको सङ्ख्या ओखलढुङ्गा १५ हजार ५, सिन्धुली २१ हजार १ सय १४, रामेछाप ३० हजार ५ सय १९, दोलखा ४९ हजार ७ सय ५१,  सिन्धुपाल्चोक ३५ हजार ३ सय ८, काभे्रपलाञ्चोक ४० हजार २ सय ६४, नुवाकोट ३८ हजार २ सय ३५, रसुवा ५ हजार ४ सय १७, धादिङ २३ हजार ४ सय ४०, मकवानपुर सात हजार ४ सय १२ र गोरखामा ३४ हजार ४ सय ९६ छ ।

तथ्याङ्क सङ्कलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले बताएको छ । गत वर्षको भूकम्प एवम् परकम्पले करीव आठ लाख घर पूर्ण रुपमा क्षति भएका थिए । अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः रू. ५० हजार, रू. ८० हजार र रू. ७० हजार गरी रू. दुई लाख रकम भूकम्प पीडितलाई वितरण गर्नेछ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर