newskoseli.Com

सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त

मंगलबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका कायमुकायम महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा नियुक्त गरेको छ।

सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि राईलाई सरकारले कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो।

राईलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो।

को हुन् दुर्जकुमार रार्इ ?

कामू आइजीपी २०१८ मंसिर १ गते भोजपुरको नागी(४ मा जन्मिएका थिए। प्रहरी निरिक्षकबाट २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायमा स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्।

राई २०५८ सालमा नेपाल प्रहरीबट सशस्त्र प्रहरीमा सरेका थिए। विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रमुख बनेका राईले सशस्त्र प्रहरी गणहरुमा गणपतिको समेत कार्य सम्पादन गरे।

राईले उपत्यकाका विभिन्न प्रहरी इकाईमा कार्यालय प्रमुखको जिम्मेवारी पुरा गरे। नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न तालिम केन्द्रहरुमा प्रमुखकारुपमा कार्य सम्पादन गरेका राईले प्रहरीमा उत्कृष्ट सेवा गरेबापत गोरखा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक र दुर्गम सेवा पदक लगायत पाएका छन्।

स्वदेश तथा विदेशमा सेवा गरेका राईले कम्बोडिया, हाइटीसँगै संयुक्त राष्ट्र संघ अन्तगत डार्फरमा समेत काम गरे। राई विभिन्न समयमा उच्च प्रतिनिधि मण्डलमा रहेर सशस्त्र प्रहरी बलको प्रतिनिधि समेत गरेका छन्।

प्रहरी अनुशासनलाई कडाइपूर्वक लागु गर्नुपर्छ भन्ने राई आफूसमेत अनुशासित प्रहरी अधिकारीको रुपमा चिनिन्छन्। पाएको जिम्मेवारी पूरा नगर्दासम्म मेहनेतका साथ लाग्ने राई प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीका रुपमा चिनिदै आएका हुन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर