newskoseli.Com

बजेटले संविधान कार्यान्वयन र पुनर्निर्माणलाई प्राथमिकतामा देअाेस् : अर्थविद्

 विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बजेट दीर्घकालीन सोचअनुरुप सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्यलाई जोड्ने खालको आउनुपर्ने बताए । सरकारले अबको बजेट चुनावी रणनीतिअनुसारको ल्याउने हो कि भन्ने आशङ्का पनि उनीहरुले व्यक्त गरे ।

अर्का पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले दुई छिमेकी राष्ट्र भारत र चीनको परिवर्तित अर्थव्यवस्थालाई हेरेर देशको बजेट रणनीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मधेस आन्दोलनलगायत अहिलेको विषम परिस्थितिमा निर्धारित समय (जेठ १५) भित्र बजेट आउने सम्भावना नरहेको बताउँदै आइहाले करिब साढे १० खर्ब बराबरको महात्वाकांक्षी बजेट आउने दाबी गरे ।

अर्थविद् डा. डिल्लीराज खनालले संविधानले दिएको मार्गचित्रअनुरुप देशको उच्च आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्दै सबै क्षेत्रलाई समेट्ने बजेट आउने सम्भावना रहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर