newskoseli.Com

शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

मानवअधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिए । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा...बाँकी

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । के...बाँकी

८ वर्षपछि ‘जाम खुल्दै’ एमालेमा !

आठ वर्षको अन्तरालपछि नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुई पटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा ‘जाम’ परेको अवस्था छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले नेतृत्व चयनका लागि ती...बाँकी

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता स्वीकार

नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्...बाँकी

जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो । मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई...बाँकी

अन्तर्वार्ता : वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

सन् १९४४ मा इटालीमा जन्मीएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट० माथिका सबै १४ ओटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनी नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुन् । सतहत्तर ...बाँकी

मोटरसाइकल दुर्घटना मृत्यु

काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठक...बाँकी

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल भएको र गठबन्धनका त...बाँकी

सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण

केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका ...बाँकी

५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप

जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठक...बाँकी