यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजारको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १ सय ७० कम्पनीका २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १ सय ७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख ५ हजार २ सय १० कित्ता शेयर खरिद–बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ–
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ३ दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।