नेसनल बैंकिङ्ग इन्स्टिच्युट लि. र सिभिल बैंक लि. बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा बिहीबार भएको सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेसनल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् ।