मिश्र : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ, तपाईंले बोलाएर आउने हैन ।
बाँस्कोटा : हँ…
मिश्र : सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
बाँस्कोटा : ठीक छ।
मिश्र : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपयो।
बाँस्कोटा : मिलाइदिन्छु।
मिश्र : त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्र्याक जाने कि तपाईंले भनेअनुसार नै गर्ने ? लु भन्नुस् ।
बाँस्कोटा : अब… क्यापासिटीको कुरा… !
मिश्र : कुराचाहिँ मैले राखेको छु उनीहरुलाई।
बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने ?
मिश्र : त्यसमा… नर्मलमा…।
बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?
मिश्र : यसको टोटलको पर्सेन्ट निकाल्ने हो।
बाँस्कोटा : टोटल कति निस्कन्छ, त्यो हेरौं।
मिश्र : केही न केही त भइरा’छ, त्यही बेसमा जाने हो। बेसचाहिँ तपाईंहरुको उसमै जाने हो हामी।
बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्क्यो भने कति हुन्छ ?
मिश्र : ७० जति आउला कि ! आउट अफ ट्र्याक नजाँदा ७० जति आउला कि।
बाँस्कोटा : तपाईंलाई के गर्छन् ? छुट्टै गर्छन् ?
मिश्र : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
मिश्र : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने, १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपयो नि। आउट अफ ट्रयाक गइयो भने… ।
बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि ?
मिश्र : त्यो कुरा तपाईं गर्नुस् ।
बाँस्कोटा : एउटा के नगर्नुस् भने यी मु… कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन्। त्यस कारण यो कुरामा तपाईं आफैैं लाग्नुस् । कुरा बुझ्नुभो ?
मिश्र : त्यसो भए म आफैं लाग्छु। उसले त बनाएर राखिसकेको छ।
बाँस्कोटा : त्यो मु… ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।
थप जानकारीका लागि याे समाचार–
सञ्चार मन्त्रीले मागे ७० करोड घुस, कर्मचारीलाई बोले अश्लील शब्द (भिडियोसहित)