newskoseli.Com

सञ्चार मन्त्रीले मागे ७० करोड घुस, कर्मचारीलाई बोले अश्लील शब्द (भिडियोसहित)

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले सेक्युरिटी प्रेस खरिदको सिलसिलामा बिचौलियासँग ७० करोड रुपैयाँ घुस मागेर बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । सो टेपमा उनले कर्मचारीलाई पटक–पटक ‘मु…’ भन्दै अश्लील शब्द समेत प्रयोग गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाको कमिसन ‘डिलिङ’ को सो अडियो प्रधानमन्त्री केपी शर्मा ओलीले भने डेढ महिना अघि नै सुनिसकेको बताइएको छ ।

सेक्युरिटी प्रेसका लागि सुरुमा स्वीस कम्पनीसँग कुरा भए पनि पछि जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेन्टले बुधबार बास्कोटासँग भएको घुस ‘डिलिङ’ को अडियो क्लिप सञ्चार माध्यमहरुलाई उपलब्ध गराएर सार्वजनिक गरिदिएका हुन् । सो अडियो सञ्चार माध्यमहरुमा ‘भाइरल’ भैरहेको छ ।

प्रकाश शर्मा नामले चिनिएका स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रले सञ्चारमन्त्री बास्कोटासँग गरेको कुराकानीको सो अडियो क्लिप करिव डेढ महिनाअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए । स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग गर्न खोजिएसँगै मिश्रले उक्त अडियो क्लिप प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कूल बजेटको १२ प्रतिशत कमिसन लिएर सम्झौता गर्न लागिएको बताएका थिए ।

भिडियोमा सुन्नोस् बिचौलिया र सञ्चारमन्त्रीबीचको ‘घुस डिलिङ’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर