newskoseli.Com

माधव नेपालको पार्टीमा कसकाे जिम्मेवारी के ? केन्द्रीय कमिटीमा को–को ? (सूची र अपानिसहित)

एमालेबाट विद्रोह गरी केहीअघि वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा पुनर्गठित नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै सम्पूर्ण नेताहरूको कार्यविभाजन टुंग्याएको छ । सो पार्टीले केन्द्रीय विभागहरू, आयोगहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार परिषदलगायत पार्टीका सम्पूर्ण निकाय र अवयवहरूलाई समेत पूर्णता दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षरसहित २८ असोज, २०७८ मा जारी २७ पृष्ठको अन्तर्पार्टी निर्देशन (अपानि– २) मा उल्लेख गरिएअनुसार एकीकृत समाजवादीले ‘एक वडा सय संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण’ अभियान समेत चलाउने भएको छ ।

सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिकातहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन पार्टीपंक्तिलाई निर्देशित गरिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमार्फत निर्देशित गरिएको छ ।

यस्तो छ अपानिकाे पूर्णपाठ–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर