नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका नामहरू अनुमोदन भएपछि कार्यसम्पादन समितिले औपचारिकता पाएको हो ।
केहीअघि सम्पन्न चौधौं महाधिवेशनपछि नेपाली कांग्रेसमा १३ जना केन्द्रीय पदाधिकारी छन्, ती सबै स्वतः कार्यसम्पादन समितिमा पर्ने कांग्रेसको वैधानिक व्यवस्था छ । विधानतः केन्द्रीय कार्यसम्पादन समितिमा रहने कोषाध्यक्ष र प्रवक्ता भने मनोनीत गर्न अझै बाँकी नै छ ।
यी हुन् केन्द्रीय कार्यसम्पादन समितिमा परेका नेताहरू
पदाधिकारमा रहेकाहरू
- सभापति– शेरबहादुर देउवा
- उपसभापति– पूर्णबहादुर खड्का
- उपसभापति– धनराज गुरूङ
- महामन्त्री– गगनकुमार थापा
- महामन्त्री– विश्वप्रकाश शर्मा
- सहमहामन्त्री– फरमुल्लाह मन्सुर
- सहमहामन्त्री– उमाकान्त चौधरी
- सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’
- सहमहामन्त्री– भीष्मराज आङदेम्बे
- सहमहामन्त्री– महेन्द्र यादव
- सहमहामन्त्री– किशोरसिंह राठौर
- सहमहामन्त्री– बद्री पाण्डे
- सहमहामन्त्री– जीवन परियार
पदाधिकारीमा नरहेकाहरू
- रामचन्द्र पौडेल
- गोपालमान श्रेष्ठ
- प्रकाशमान सिंह
- विमलेन्द्र निधि
- विजयकुमार गच्छदार
- कृष्णप्रसाद सिटौला
- शशांक कोइराला
- चित्रलेखा यादव
- रामशरण महत
- अर्जुननरसिंह केसी
- प्रकाशशरण महत
- सुनिलबहादुर थापा
- शेखर कोइराला
- बलबहादुर केसी
- बालकृष्ण खाण
- ज्ञानेन्द्रबहादुर कार्की
- उमा रेग्मी
- रमेश रिजाल
- नारायण खड्का
- जिपछिरिङ लामा
- सुजाता कोइराला
- एनपी साउद
- जीवनबहादुर शाही
- आनन्दप्रसाद ढुंगाना
नेपाली कांग्रेसको विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी कार्यसम्पादन समितिले निर्णय लिन सक्नेछ ।
पछिल्लो महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय समितिको सदस्य संख्या धेरै भएकै कारण छिटोछरितो निर्णय लिने उद्धेश्यका साथ कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको हो ।