newskoseli.Com

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

सबैभन्दा पहिला इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्‍यो । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड हुनु भएन, अनावश्यक फाइल डेस्कटपमा राख्ने जस्ता कार्य गर्नुहुँदैन ।

वाइफाइमार्फत नेट चलाउँदै हुनुहुन्छ भने तपाईंको डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा तपाईंको बाहेक अन्य डिभाइस कनेक्ट भएअनुसार नेटको स्पिड स्लो, फास्ट हुन्छ ।

एकभन्दा बढीले धेरै टाढाबाट सिग्नल क्याच गर्न खोज्दा पनि राउटरको क्षमता घटाइदिन्छ । यसले नजिक रहेर नेट चलाउनेलाई समेत असर गर्छ ।

राउटरको पासवर्ड बिर्सेला भनेर साधारण शब्द राख्नु हुँदैन । न्युमेरिक, अल्फाबेटिकल र सिम्बोल युज गरेर पासवर्ड बनाई कतै टिपेर राख्नुपर्छ । अन्यथा पासवर्ड ह्याक हुने सम्भावना हुन्छ ।

पासवर्ड सुरक्षित राख्न समय–समयमा पासवर्ड चेन्ज गर्नुपर्छ ।

राउटरमा जोडिएको केवल कहीँ कतै थिचिएको च्यापिएको छ भने पनि स्पिड कम गराउँछ । त्यसैले झ्यालढोकाको च्याप, कार्पेट मुनिलगायतका स्थानमा केबल थिचिएको, च्यापिएको छ कि भन्ने ध्यान राख्नुपर्छ ।

तपाइको इन्टरनेट वायरलेस मेडिएमबाट आएको भए बिभिन्न कारणले एन्टिना मिस ट्युन भएको हुन सक्छ । त्यस्तै थाहा नहुने गरि लाइन अफ साइडमा अवरोध भएको हुन सक्छ । फाइबरबाट लिनु भएको छ भने डीबी लस भएको हुन सक्छ । केबलबाट लिएको सुबिधामा कपर क्वालिटीमा ह्रास आएमा पनि स्लो हुन सक्छ । यस्तो अवस्थमा तुरुन्त सेवा प्रदायकलाई जानकारी दिनु पर्छ ।

आफूले सस्क्राइब गरेको प्याकेजसम्बन्धी जानकारी राख्नुपर्छ । सस्क्राइब गरेको ब्यान्डविथअनुसार कन्टेन्ट प्रयोग गर्नुपर्छ । ब्यान्डविथभन्दा बढी क्षमता भएको डकुमेन्ट सञ्चालन गर्न खोजेमा पनि नेट स्लो हुन्छ ।

आफूले प्रयोग गर्ने कन्टेन्टअनुसार प्याकेज छनोट गर्नुपर्छ । ३५६ केबिपिएसले चाहेअनुसार स्काइपमा भिडियो च्याट गर्न गाह्रो हुन्छ । यसलाई ७६८ केबिपिएस क्षमता चाहिन्छ । त्यस्तै, साधारण युट्युब भिडियो १ एमबिपिएसले पुग्छ । तर, हाई डेफिनेसनको भिडियो हेर्न कम्तीमा ५ एमबिपिएसको इन्टरनेट चाहिन्छ । त्यसैले आफूले लिएको प्याकेज र प्रयोग गर्ने कन्टेन्टमा सामन्जस्य हुनुपर्छ ।

सस्क्राइब गरेको प्याकेज सर्भिस प्रोभाइडरले सम्झौता गरेअनुसार छ/छैन परीक्षण गर्नुपर्छ । यो थाहा पाउन इन्टरनेटमा विभिन्न टुलहरू पाइन्छ । तर, सबै टुल सतप्रतिशत भरोसायोग्य नहुन पनि सक्छ । त्यसलाई साधारण आधार मान्न सकिन्छ । त्यसलाई कन्फर्म गर्ने अरू तरिका विशेषज्ञमार्फत गर्न सकिन्छ ।

इन्टरनेटको गति थाहा पाउन एकै समयमा तीन–चारवटा फाइल डाउनलोड गरेर पनि हेर्न सकिन्छ ।

कन्टेन्टहरू डाउनलोड गर्दा क्षेत्रगत रूपमा जति टाढाबाट डाउनलोड हुन्छ, त्यति नै स्लो हुने सम्भावना रहन्छ । कन्टेन्ट भएको सर्भरको क्षमताले पनि त्यसमा असर गर्छ ।

कम्पनीले उपलब्ध गराउने सेवाका विषयमा विद्यमान ग्राहकहरूसँग सोधपुछ गरेर आइएपी सेवाप्रदायक छनोट गर्नुपर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर