newskoseli.Com

बँदेलले मच्चायो आतङ्क

Wild boar

महोत्तरी जिल्लाको उत्तरवत्र्ती क्षेत्रको पशुपतिनगरमा जङ्ली बँदेलले आतङ्क मच्चाएको छ । गत शनिबार ३-४ वटाको सङ्ख्यामा आएका जङ्गली बँदेलले बालीनाली नोक्सान गरेको पशुपतिनगरका सर्वसाधारणले बताएका हुन् ।

शनिबार पहिलोपटक ३ वटा देखिएका बँदेल ५ दिनकै अवधिमा ७-८ वटाको सङ्ख्यामा देखिन थालेका छन् । बँदेलले कोबी, भान्टा, बन्दा र अन्य तरकारी बाली उखेल्ने, उधिन्ने गरेर लाखौँको नोक्सान गरेको पशुपतिनगर–१ का किसान महेन्द्रसिंह महतोले बताए ।

करिब मध्यरातदेखि बिहान ४ बजेसम्म बँदेलकाे आतङ्क बढेको सर्वसाधारणको भनाइ छ । बँदेलले केराका थाम, उखु र भर्खरै रोपिएका आँप, लिचीसहितका फलका बिरुवासमेत उखेलेर फालेको स्थानीयवासी मनमाया रानामगरले दुःखेसो गरिन् ।

पशुपतिनगरसँग जोडिएको भङ्गाहाको रामनगर, बर्दिबास नगरपालिकाको प्रेमनगर र बिजलपुराको पूर्वी बस्तीमा पनि बँदेलले बाली नोक्सान गरेर दुःख दिएको ती बस्तीका सर्वसाधारणले बताएका छन् । बँदेलले धेरैजसो नयाँ फुल्नै लागेको कोबी खुबै मन पराएर खाने गरेको भङ्गाहा–३ रामनगरका किसान चाँगैन महतोले बताए ।

समूहमा आउने बँदेलले मान्छे देखेपछि झम्टनेसमेत गरेकाले बस्तीमा त्रास छाएको सर्वसाधारणको भनाइ छ । बँदेलकाे आतङ्क बढेसँगै इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका वन कार्यालय बर्दिबास र बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणमा जानकारी गराइए पनि नियन्त्रणको कुनै उपाय नभएको पीडितले बताएका छन् ।

जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा खानेकुराको अभावसँगै सिकारी चलखेल बढेपछि बँदेल खानाको खोजी र सिकारीबाट बच्न गाउँबस्ती पसेको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच इलाका वन कार्यालयका वन रक्षकले पशुपतिनगरमा बँदेल लखेट्न सुरु गरेको जनाएका छन् । पशुपतिनगरमा गतवर्ष पनि असोज, कात्तिकमा बँदेलले निकै नोक्सानी गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर