‘‘आशा छ, उडानको इतिहासमा मात्र पहिलो होइन, यो उडान ऊर्जाको इतिहासमा समेत पहिलो हो भन्ने मानिसहरूले बुझ्नेछन्” साँढे १६ महिना लामो उडान पूरा गरेपछि विमानचालक बट्रन्ड पिकड भन्दै थिए । वास्तवमाउनले यो त्यसै भनेका थिएनन्, यो उनले भनेजस्तै उडान र ऊर्जा दुवैको इतिहासमा कीर्तिमान राख्ने उडान पूरा भएको क्षण थियो ।
खनिज तेलले मात्र विमान उडान सम्भव भइरहेको उडानको इतिहास तोड्दै सौर्य ऊर्जाको उपयोग गरेर यही साउन ११ गते अर्थात् २६ जुलाई २०१६ माइतिहासमै पहिलो पटक सो विमानले विश्वयात्रा पूरा गरेको थियो । र, स्वाभाविक रुपमाचालक पिकड आनन्दित र उत्साहित थिए ।
संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट स्विस इन्जिनीयर एन्ड्री ब्रस्कवग र विमानचालकबट्रन्ड पिकडले २०७१ फागुन २५ गते अर्थात् ९ मार्च २०१५ बाट शुरु गरेका थिए, ‘सोलार इम्पल्स– २’ नामक विमानको यो विश्वयात्रा । यसले साढे सोह्र महिनामा १७ स्थानमा उडान भर्दै झन्डै ४२ हजार किलोमिटर दूरी पार गरेको छ ।
यो प्रविधिको सफलतासँगै अब हवाइजहाज उडाउन खनिज तेल चाहिने छैन । तसर्थ यो प्रविधि सिङ्गो मानवजातिका लागि निकै महत्वको छ । यो सौर्य विमान उडानको सफलतापछि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले विमान चालकलाई स्वागत गर्दै यो ‘सिङ्गो मानवजातिकै सफलता’ भएको टिप्प्पणी गरेका छन् ।
यो प्रविधिको विमान सञ्चालन गर्न प्रयोग हुने ब्याट्रीहरू घामबाट चार्ज हुने भएकाले कुहिरो बढी लाग्ने देशहरूमा भन्दा घाम बढी लाग्ने देशहरूका लागि धेरै उपयोगी हुन्छ । विमान दिउँसो उड्दाउड्दै ब्याट्री चार्ज हुने भएकाले दिनभरिको चार्जबाट बचत ऊर्जाले रातमा पनि यात्रा गर्न सकिन्छ । वास्तवमा यो नै यस विमानको नयाँ विशेषता थियो । वातावरणमैत्री यो प्रविधि पूरै विश्वले अवलम्बन गर्ने हो भने खनिज इन्धनका कारण उत्पन्न हुने हानिकारक ग्यासबाट वातावरण र मानव स्वास्थ्यलाई केही मात्रामा भए पनि जोगाउन सकिन्छ ।
सौर्य शक्तिद्वारा चल्ने पहिलो विमान त केही वर्ष पहिले पनि बनाइएको थियो । त्यो प्रयोगात्मक स्वीस सौर्य विमान परियोजना थियो– सोलार इम्पल्स । सन् २००३ मा सम्भाव्यता अध्ययनको सुरुअातसँगै विविध चरण पूरा गरेर परियोजनाको पहिलो संस्करण सोलार इम्पल्स– १ ले सन् २००९ मा पहिलो उडान सम्पन्न गरेको थियो ।
डिसेम्बर २००९ मा परिक्षण गरिएको सोलार इम्पल्स– १ ले ३६ घन्टासम्मआकाशमा उड्न सक्ने क्षमता राख्थ्यो । उक्त विमानले सन् २०१० मा २६ घन्टासम्म यात्रा गरी स्विट्जरल्यान्डदेखि स्पेनसम्म सफलतापूर्वक यात्रा गरेको थियो ।
सोलार इम्पल्स परियोजनाको मुख्य उद्देश्य सौर्य ऊर्जाको उपयोग गरी वातावरणमैत्री प्रविधिको प्रयोगमा विश्वजगतको ध्यानाकर्षण गराउन विश्वको पहिलो भ्रमण गर्नु र गुणस्तरीय जीवन जीउनका लागि यी प्रविधिहरूको प्रयोग गर्न सकिन्छ भन्ने देखाउनु हो । यो परियोजनाले यी दुवै उद्देश्य सफतापूर्वक सम्पन्न गरेको छ । बोइङ् ७४७ को भन्दा लामा पखेटा भएको विमानमा १७ हजार ब्याट्रीहरू जडान गरिएका छन् । विमानले औसत प्रतिघन्टा ८० कि.मि. र अधिकतम १४० कि.मि. प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ ।
करीब एउटा कारको बराबर अर्थात् २ हजार ३०० किलो तौलको यो विमानको अधिकतम उडान अवधि ५–६ दिन र अधिकतम उडान दूरी ८,१८३ कि.मि. रहेको बताइएको छ । यसले एशियाको यात्राजुन २०१५ बाट शुरु गर्यो र जुलाई ३, २०१५ मायसले जापानको नागोयादेखि अमेरिकाको हवाइसम्मको ८,९२४ किलोमिटर दूरी पार गर्यो । ब्रस्कवगले ११७ घण्टा ५८ मिनेट लगातार यात्रा गरी यो दूरी पार गरेका थिए । त्यस अवधिमा हवाइजहाजको ब्याट्री बढी तातिएर नष्ट भएकाले मर्मत गर्न केही समय लागेको थियो ।
त्यसपछि उक्त हवाइजहाजले क्यालिफोर्नियाको यात्राबाट अप्रिल २०१६ मापुनः उडान सुरु गर्यो । यसले निरन्तर अमेरिकाको यात्रा गर्दै न्यूयोर्कसम्मको यात्रा जुन २०१६ मा पूरा गर्यो । त्यसपछि एटलान्टिक महासागरदेखि स्पेनसम्मको दूरी पार गर्दै सन् २०१६ जुलाई २६ माअबुधाबी सम्मको यात्रा पूरा गरेको छ । यो यात्राको उद्देश्य मानिसहरूलाई पुनः नवीकरणीय प्रविधिहरूको प्रयोग गर्न उत्प्रेरित गर्नु हो ।
र, गुणस्तरीय जीवन बाँच्नका लागि यो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने देखाउनु हो । ‘द गार्जियन’ म्यागजिनसँगको कुराकानीमा विमानचालक पिकडले सौर्य ऊर्जाको उपयोगद्वारा भएको यो विमान यात्राबारे बताएका छन् । अबुधावीमा अवतरण गर्नुभन्दा ठीक अगाडि ककपिटबाटै गार्जियनलाई भनेका छन्– “यो अत्यन्तविशेष क्षण हो, यही उद्देश्य प्राप्तिका लागि काम गरेको १५ वर्ष भएको छ ।”
“यो विमान यात्रुहरू बोक्नका लागि होइन”, अबुधावी आइपुगेपछि यसकाअभियन्ता, अध्यक्ष तथा चालक बट्रन्ड पिकडले आव्हान गरेका छन्– बरु, यो त एउटा सन्देश छोड्नका निम्ति हो । सन्देश हो– बिनाइन्धन विश्वभर उडेर वातावरणमैत्री र ऊर्जामैत्री प्रविधिहरू प्रयोग गरी हामी अविश्वसनीय उद्देश्यहरू प्राप्त गर्न सक्छौं । आउनुहोस्, यसलाई प्रयोग गरौं ।”
अाजकाे मूल्याङ्कनबाट