newskoseli.Com

माटोमा मलखादको परीक्षण सुरु

देशका विभिन्न स्थानका माटोमा मलखादको अवस्थाबारे परीक्षण सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो विज्ञान महाशाखाले देशभर आफ्ना केन्द्रमार्फत मलखादको परीक्षण सुरु गरेको हो ।

माटोको वास्तविक अवस्था जानकारी पाउनका लागि मलखाद परीक्षण सुरु गरिएको महाशाखाका प्रमुख कमल साहले बताए । “माटोको वास्तविकता बुझेर आवश्यक सुधार गर्न सहयोग पुग्छ,” उनले भने । धान, मकै र गहुँबालीलाई विशेष रुपमा लक्षित गरेर परीक्षण सुरु गरिएको हो ।

मलमा जैविक र रसायनिक पदार्थको मात्रा थाहा पाउनका लागि परीक्षणले सहयोग गर्ने छ । “परीक्षणबाट आएको नतिजाका आधारमा भविष्यका लागि योजना बनाउन सकिनेछ,” भैरहवा, रामपुर, परमाणीपुर, बेलाचापी, हार्दिनाथलगायतका केन्द्रबाट मलखादको परीक्षण सुरु भएको हो ।

ती स्थानमा नमुनाका रुपमा परीक्षण सुरु भएको हो । आगामी १ वर्षभित्रमा परीक्षणको नतिजा आइसक्ने साह बताउछन्। महाशाखाले देशका विभिन्न स्थानमा माटोको परीक्षण गरेर समस्या पहिचान र समाधानको खोजी गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर