
बीउ उत्पादनमा वृद्धि गराउने उद्देश्यले अखिल नेपाल किसान महासङ्घ नुवाकोट समन्वय समितिले जिल्लाका किसानलाई तरकारीको बीउ वितरण गरेको छ ।
कृषक आफैँले बीउ उत्पादन गर्ने बानिको विकास गराउने उद्देश्यले करिब २ सय किसानलाई विभिन्न जातका तरकारीका बीउ वितरण गरेको महासङ्घका जिल्ला अध्यक्ष यमकुमार खातीले जानकारी दिए ।
किम्ताङ अलैँंची किसान समूहका ४० जनालाई, सुमुद्रादेबी युवा किसान समूहका १०, कल्याणपुर तरकारी किसान समूहका २३, बाउनबेंसी तरकारी समूहका २४ तथा महाकाली खाद्यान्नबाली किसान समूहका २३ किसानलाई बीउ वितरण गरिएको हो ।
यस्तै समूहमा आवद्ध नभएका विभिन्न गाविस र विदुर नगरपालिकाका गरी १ सय ९३ किसानलाई बीउ वितरण गरिएको छ । किसानलाई मुला, गाँजर, काउली, रायो, सलगम, प्याज, सिमी, धनिया, काँक्रो, गोलभेंडा, खुर्सानीको बीउ वितरण गरिएको बताइएको छ ।