newskoseli.Com

बारामा १ अर्बको धान उत्पादन

यस वर्ष जिल्लामा १ अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार २ सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२/७३ मा किसानले १३ हजार १ सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया धानखेती गरेका थिए ।

प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादन भएको उक्त धान प्रतिक्विन्टल २ हजार २ सय रूपैयाँदेखि २ हजार ३ सय रूपैयाँमा बिक्री भएको थियो । आव २०७१/७२ मा १२ हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा ५२ हजार ६ सय २१ मेट्रिक टन भदैया धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर