newskoseli.Com

पशुपालनबाट मासिक १ लाख कमाइ

कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक १ लाख रूपैयाँसम्म कमाइ गर्न थालेका छन् ।

मलेसिया, कतार र दुबईमा १ दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर १ लाख रूपैयाँ ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।

उनले ३ रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गरेका छन् । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उनले भने ।

अहिले उनले  ३० लाख रूपैयाँ लगानी गरेका छन्। किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उनले मासु बिक्री गर्दैआएका छन् । “आफैं मालिक र कामदार भएर काम गर्दैआएको छु,” उनले भने ।

घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गरेका उनले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाएका छन्। आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उनको ठम्याइ छ ।

सरकारी सहयोग सुगम क्षेत्रमा मात्र केन्द्रित भएको उनको आरोप छ । ग्रामीण क्षेत्रका खेर गएका खेतबारीबाटै पर्याप्त आम्दानी गर्न सक्ने सम्भावना छ । उनले गाउँकै अन्य किसानलाई समेत आवश्यक सहयोग गर्दैआउका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर