newskoseli.Com

किन भाबुक भए निर्देशक तुलसी घिमिरे

नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म ‘दर्पणछायाँ २’ मार्फत पुनरागमन गर्दैछन् ।
उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे । ‘तपाईंको प्राय फिल्ममा नेपाल भारत सम्बन्धको कुराहरु जोडिन्छ किन ? भन्ने प्रश्नकाे जवाफमा यस्ताे भने, ‘नेपाल आउँदा म भारतिय, भारत जाँदा म नेपाली’ किन ?
तर यो कुरा गर्दै गर्दा यसमा आफुलाई कुनै गुनासो नभएको समेत उनको भनाई छ । फिल्ममा यो प्रकारको कन्टेन्ट किन जोडिन्छ भन्ने प्रश्नमा ‘नर्थ ईष्ट’मा नेपाली फिल्मको राम्रो दर्शक रहेको कारण पनि आफु काठमाडौं र सिक्किम गरिरहने हुनाले यो प्रकारको कन्टेन्ट जोडिने गरेकाे उनको दाबी छ । दर्पणछायाँ २ पनि यसैको सेरोफेरोमा घुमेको उनि बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर