newskoseli.Com

बजार नपाउँदा बङ्गुरपालक किसान चिन्तामा

बजार अभावका कारण यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा बङ्गुरका बच्चा तथा मासुको खपत हुन नसक्दा किसान मार्कामा परेका हुन् । बङ्गुरपालन गर्दै आएका बेंसीसहरका नारायणबहादुर थापा ३ वर्षसम्म पनि लगानी उठ्न नसकेको बताउछन् ।

उनको खोरमा वार्षिक १ सय ५० भन्दा बढी बङ्गुरका बच्चा उत्पादन हुने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छ,” उनले भने । पहिला गाउँ गाउँबाट बङ्गुरका बच्चा खरिद गर्नका निम्ति व्यापारी आउने गरेका भए पनि अहिले बाहिरबाट सस्तोमा गाउँमै पुर्‍याइदिने गरेका छन् ।

बाहिरी जिल्लाबाट सस्तो मूल्यमा बङ्गुरका बच्चा आउँदा मारमा परेको उनको भनाइ छ । “बजार नपाउँदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको छु,” उनले भने । उनले ३ वर्षअघि ८ लाख रूपैयाँको लागतमा बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् ।

यस्तै बङ्गुरपालनबाट मनग्य आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गरेका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउँदा चिन्तित भएका छन् । उनले  १५ लाख रूपैयाँ लगानी गरेर फार्म सञ्चालन गरेका छन् । “४ वर्षसम्म पनि लगानी उठाउन सकेको छैन,” उनले भने ।

मासिक  ७५ हजार रूपैयाँभन्दा बढी खर्च हुने गरेको गुरुङले बताए । “व्यवसाय छोडे लगानी डुब्ने खतरा छ,” उनले भने । सस्तो मूल्यमा जिल्ला बाहिरबाट बच्चा निर्यात हुने र मासु खपत नहुँदा व्यवसायी मारमा छन् । उनको फार्ममा वार्षिक २ सय को हाराहारीमा बङ्गुरका बच्चा उत्पादन हुने गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकाल व्यवसायीलाई मर्का नपर्ने गरी मूल्य कायम गर्न सके राहत मिल्ने बताउछन् । व्यावसायिक बङ्गुरपालनका निम्ति विशेष कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर