newskoseli.Com

८ प्रतिशतले वृद्धि भयो धान

आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा ८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक शुशीलकुमार शर्माले जानकारी दिए ।

सुदूरपश्चिममा १ लाख ७७ हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । सुदूरका ७ पहाडी जिल्लाका तुलनामा तराईका कैलाली र कञ्चनपुरमा धान उत्पादन बढी हुने गर्छ । कैलालीमा सबैभन्दा बढी ७१ हजार २ सय ९० हेक्टर तथा कञ्चनपुरमा ४६ हजार हेक्टरमा धान उत्पादन हुने गरेको निर्देशनालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर