newskoseli.Com

कृषकहरू आलुको बीउ खरिद गर्न पनी भारत जान बाध्य भए

सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् ।

अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् । जिल्ला कृषि विकास कार्यालयले स्रोत केन्द्रमार्फत कृषकलाई आलुको बीउ उत्पादन गर्न अनुदान दिएको थियो । तर पर्याप्त बीउ उत्पादन हुन नसक्दा कृषक भारतबाट खरिद गरी रोप्न थालेका राजगढका कृषक केशव बराल बताउछन् ।

माग गरे बमोजिम सरकारले समयमै आलुको बीउ उपलब्ध गराउन नसकेका कारण यहाँका कृषकले कानपुर, लालगुलावलगायत भारतीय प्रजातिका आलुको बीउ रोप्ने गरेका छन् । कृषि कार्यालयले ५० प्रतिशत अनुदानमा टिपीएस र पिबिएस प्रजातिका बीउ प्रदान गरे पनि प्रसस्त मात्रामा उत्पादन हुन सकेन ।

जिल्लामा कुप्री, सिन्धुरी, कार्डियर, डेजिरे, खुमलरातो, टिपिएस, सठियालगायत प्रजातिका आलुको बीउ लगाउने गरिएको छ । कृषिउपज थोक बजार बिर्तामोडकी तथ्याङ्क सहायक माया राजवंशीका अनुसार आव २०७२/७३ मा जिल्लामा  ८५ करोड ६३ लाख ७१ हजारको ३८ हजार ३ सय ८ मेट्रिक टन आलु बिक्री भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर