newskoseli.Com

च्याउ खेतीबाट ६० हजार आम्दानी

 महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।

पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् ।

बजार नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुँदा ती महिलाले पनि सामूहिकमा च्याउखेतीको गरेका हुन् ।

उनीहरुले हिजोआज दैनिक १० किलोदेखि १२ किलोसम्म च्याउ बिक्री गर्दै आएका छन् । च्याउ प्रतिकिलो रु २०० को दरले बेच्दै आएकी समूहकी सदस्य सीता चौधरीले यसबाट घरबार धान्न सजिलो भएको बताए।

चौधरीले भन्नुभयो– “करिब पाँच हजार लगानी गरेर सुरु गरेको च्याउखेतीको पहिलो चरणबाटै लगानी उठिसकेको छ । बाइसजना आबद्ध रहेको यस समूहले पालैपालो च्याउ बेच्न जाने गरेका छन् । ”

दुईवटा घरमा करिब १३९ वटा पोकामा च्याउ खेती गर्दै आइरहेको सो समूहले च्याउ खेतीबाट आएको आम्दानी समूहको खातामा जम्मा गरेको र यसबाट आएको बाँकी रकम घर खर्चका लागि उपयोग गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर