newskoseli.Com

पृथ्वीनारायणको एकीकरण ‘पछि हटेको कदम’ होइन : प्रधानमन्त्री

lrtjgl:yt e/tk’/ pkdxfgu/kflnsfsf] gu/kl/ifbsf qmddf 3/]n’ kmf]x/ Joj:yfkgdf cu|0fL e”ldsf v]Ng] t’n;f 1jfnLnfO{ ;Ddfg ug'{x’Fb} k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/ -lrtjg_ . /f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निर्क्योल गरिने बताएका छन् ।

मंगलबार भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषदको उद्घाटन गर्दै प्रचण्डले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भुरेटाकुरे राज्यलाई हड्पेर विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेलेको प्रधानमन्त्रीले चर्चा गरे ।

प्रधानमन्त्री दाहालले अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको बताए । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ, त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निर्क्योल गर्नुपर्ने उनले बताए ।

मन्त्रिपरिषदको बैठकमा दुई पटकसम्म यस विषयमा छलफल भएको जनाउँदै उनले भने– “म राजनीतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्नेछु ।” तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उनले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको बताए ।

इमानदार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उनले भने– “हामीले गौरव गर्ने विन्दु छ, त्यो हो– एउटा कविलाई भुरेटाकुरे राज्यबाट केन्द्रीकृत, एउटा बलियो सामन्ती नै राज्य बन्नु प्रगतिशील हो, त्यो पछि हटेको कदम होइन ।”

शान्ति प्रक्रिया भएका बेला पुराना सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको स्मरण गर्दै कतैकतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफूले त्यसलाई रोकेको उनले बताए ।

‘अस्पताल र विश्वविद्यालयका विवाद टुंग्याउँछु’

प्रधानमन्त्री दाहालले एसियाकै नमूना अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त्यहाँका पदाधिकारी, कर्मचारीको मुख्य समस्या देखिएको र उपकरण पुराना भएकाले यसको सुधारका लागि आफू तयार रहेको बताए । उपकरणको सन्दर्भमा आफूले चिनियाँ अधिकारीसँग कुराकानी गरिरहेको पनि उनले जानकारी दिए ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले आफू कुलपति रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद आफ्नै कार्यकालमा टुङ्ग्याई छाड्ने बताए । सोसम्बन्धी राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा बनेको समितिले १०–१५ दिनमा प्रतिवेदन दिने र त्यसलगत्तै समस्या समाधान गरिने उनले बताए ।

चितवनको विकास र समृद्धिमा ध्यान दिइने

प्रधानमन्त्री दाहालले दियालो बङ्गला ऐतिहासिक स्थल रहेको हुँदा नेपाल ट्रस्टको स्वामित्वमा रहेको सो जमिन राज्यका निम्ति र नगरको हितमा प्रयोग गर्ने विषयमा पहल गर्ने पनि प्रधानमन्त्रीले बताए ।

उनले चितवनको विकासका लागि विशेष प्याकेज कार्यक्रम ल्याउने भन्दै अब बन्ने भरतपुर महानगरपालिकामा चक्रपथका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिने, विमानस्थलको विकास गर्ने वन्यजन्तु र जनधनको क्षति न्यूनीकरणका लागि पहल गर्ने, वैकल्पिक पुलको अध्ययन गर्ने, गोलाघाटमा पुल निर्माण गरी लुम्बिनीसँग चितवनलाई जोड्ने, कृषि बजार, औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेलगायतका काममा ध्यान दिने बताए ।

कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गीता वाग्ले, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्रपा चितवनका निर्देशक समितिका संयोजक बद्री तिमिल्सिना, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमलगायतले पनि बोले ।

कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले आउँदो आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा आयव्ययसहितको बजेट प्रस्तुत गरे ।

भरतपुर उपमहानगरपालिकालाई अन्य दुई नगरपालिका जोडेर महानगरपालिका प्रस्ताव गरिएको छ । आउँदो आ.व. का लागि उपमहानगरपालिकाले अनुमानित बजेट ८९ करोड ५० लाख ९९ हजार ४ सय रूपैयाँ प्रस्ताव गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर