हामीले नबुझेको एउटा कुरा के छ भने गरिबीका आधारमा आरक्षण वितरण गर्दा कसरी बाहुन क्षेत्रीहरु मात्रै पर्छन् भनेर परिकल्पना गर्न सकिन्छ । त्यहाँ त जो गरिब छ उसैले पाउने भयो नि ।
त्यो गुरुङ पनि हुन् सक्छ, मगर पनि हुन सक्छ, राई पनि हुन् सक्छ, बाहुन पनि हुन सक्छ, क्षेत्री पनि हुन सक्छ । तर सबैभन्दा बढी जातीय भेदभावका आधारमा सबैभन्दा पछाडि पारिएका समुदायहरु नै पर्छन्, त्यो ग्यारन्टीका साथ भन्न सकिन्छ ।
किनकि, भेदभाव भएका कारणले सबैभन्दा गरिब तीनै क्रमशः जो बढी भेदभावमा परेका उनीहरु नै पर्छन् । यो यथार्थ हो, यथार्थलार्ई जतिसुकै तोडमरोड गरेपनि त्यो तोडिँदैन मोडिदैन । अर्काे यथार्थ यो पनि हो कि आरक्षणसंग जातीय भेदभावको सरोकार छैन ।
जातीय भेदभाव पहिचान स्थापित गर्ने मुद्दा होइन । बरु, भएको तथाकथित दलित वा अछुतको पहिचानलार्ई विस्थापित गर्नुपर्ने मुद्दा हो । कसैले कसैले तथाकथित ‘दलित’ होइन, ‘शिल्पी’ भन्नुपर्छ भन्ने तर्क अघि सारेका छन् ।
तथापि त्यो नयाँ शब्दले पनि तिनै सामुदायहरुलार्ई जनाउने हुँदा र कुनै न कुनै शिप नभएका समुदाय कोही पनि नहुने हुँदा तर्क संगत छैन । यो तथाकथित ‘दलित’, ‘सिल्पी’ वा ‘टिल्पि (जतिबेला पनि जाँड खाएर टिल्ल पर्ने समुदायलार्ई नयाँ नाम दिन सकिन्छ) काल्पनिक पहिचान नै किन चाहियो ? हाम्रो मुद्दा सामाजिक विभेदको हो, मानव भएर सम्मानित तरिकाले बाँच्न पाउनु पर्ने अधिकारको हो ’
सिरहाको घटनामा डोम परिवार गरिब भएका कारणले भेदभावमा परेको होइन, उनीहरुको सामाजिक अस्तित्वलार्ई नामेट पारिएको हुनाले भेदभाव भएको हो । यो तथ्य क्रिस्टल क्लियर छ ।
तथाकथित आन्दोलनबाट आरक्षणमा कुनै राजनैतिक पद प्राप्त भएछ भने अनिल मलिकको डोम परिवारको सामाजिक स्थिति सुधार्नमा कसरी योगदान पुग्छ ? के केहि व्यक्तिहरु नीति निर्माण गर्ने तहमा नै पुगे भने पनि २५ र ५५ प्रतिशतका हिसाबले प्राप्त राजनैतिक आरक्षण (जसको कुनै मूल्य र पावर हुँदैन) तिनीहरुले मात्रै राज्यको नीति निर्माण गर्न सक्छन ? नीति निर्माण गर्न निश्चित प्रकृया अनुसार बहुमतीय पद्धतिमा सबै समुदायको सहभागिता हुनुपर्छ कि पर्दैन ?
नीति निर्माण तहमा पुग्नु ठुलो कुरा हो कि के कस्तो नीति बनेको छ त्यसले सामाजिक भेदभावलार्ई अन्त्य गर्छ कि गर्दैन, आर्थिक उत्थानमा योगदानमा पु¥याउछ कि पुर्याइदैन मूल्यांकन गर्नु त्यसका लागि सकारात्मक दबाव दिनु ठूलो र महत्वपूर्ण कुरा हो ? फेरी मानौ, ती व्यक्तिहरु नीति निर्माण गर्ने तहमा नै पुगे भने पनि उनीहरु समुदायको बृहत् हितलार्ई ध्यानमा राखेर नीति निर्माण गर्छन भन्ने के ग्यारन्टी छ ? यहाँ उनीहरुलार्ई नीति निर्माण गर्ने ठाउमा पुग्नै नदिने भन्ने कुरा नै होइन ।
न कानुनले त्यस्तो बन्देज नै लगाएको छ । पार्टीहरुमा अन्तरसंघर्ष गर्दै त्यो ठाउँमा सम्मानित तरिकाले पनि पुग्न सकिन्छ यदि काबिलियत छ र नेतृत्व गर्न सक्ने क्षमता छ भने । यदि नेतृत्व गर्न सक्ने क्षमता नै छैन भने बोकेको कुकुरले मृग मार्छ ?
यहाँ सबैभन्दा महत्वपूर्ण र अहं कुरा भनेको जातीय भेदभावका आधारमा पछाडि पारिएका समुदायहरुको सामाजिक भेदभाव अन्त्य गर्नु हो ।
त्यो भाषणले वा कटाक्ष साम्प्रदायिक प्रतिशोधले हुँदैन । त्यसका लागि सामाजिक संरचना र ती अवयवहरुलार्ई भत्काउनु पर्छ जसले ती जातीय भेदभावका आधारमा पछाडि पारिएका समुदायहरुलार्ई कहिल्यै अरु समान हुन दिएको छैन । त्यही अवयव वा लक्ष्मण रेखाको रुपमा रहेको तथाकथित ‘दलित’ वा ‘अछुत’ वा ‘सुद्र’ को संज्ञा हो ।
हामीले तथाकथित ‘दलित’ शब्द हटाउनु भनेको अर्काे कुनै नयाँ नाम दिनु भनेको होइन, त्यो हो परम्परागत रुपमा विभाजित समाजको लक्ष्मण रेखालार्ई भत्काएर सबै समुदायहरुलार्ई एकै बक्ररेखा राखौं भनेको हो ।
यो बक्ररेखा भित्र कुनै तथाकथित जातको विभाजन हुँदैन । हुन्छ त सिर्फ नेपाली र ती नेपालीहरुका विभिन्न समुदायहरुको अस्तित्व, उनीहरुको भाषा संस्कृति आदि कुराहरुको सम्मान र जगेर्ना गर्ने कुराले प्राथमिकता पाउँछन् । जुन नेपाली समाजका संस्कृतिक धरोहर हुन, त्यस्ता रचनात्मक कार्य गर्नका लागि सबैको साथ पनि चाहिन्छ र सबैको साथ् पनि पाइन्छ ।
हामीले स्पष्ट भाषामा र गर्न सकिने कुरा मात्रै गरेका छौं । हामीले भनेका छौं, ‘जात’ होइन ‘समुदाय’ भनौं, गरिबीका आधारमा आरक्षण वितरण गरौँ, समाजमा तथाकथित दलित कोही हुँदैन र हुनु पनि हुँदैन ।
के यस्ता सरल स्पष्ट विचारले समाजमा द्वन्द्व निम्त्याउँछ ? के यी विचारहरु साम्प्रदायिक छन ? के यी विचारहरुले कसैको अधिकारको कटौती गर्छ ? के यी विचारहरुले समग्र राष्ट्रको प्रगतिमा बाधा पु¥याउँछ ? के यी विचारहरु गर्नै नसकिने, अकल्पनीय हुन ? त्यस्तो होइन भने, किन हेल्प राइजका कुराहरुलार्ई अतिरंजित किन गरिदैछ ? हामी कुनै पनि समुदाय वा धर्मका विरोधी होइनौ ।
हामी हौ त जातीय भेदभाव जसले नेपाली समाजलार्ई दैत्यले झैँ जकडेर राखेको छ, जसले नेपाली समाजको प्रगति र उन्नतिलार्ई तथाकथित जातभातका नाममा मटियामेट पारिदिएको छ, जसले हामी नेपाली नेपाली हौँ भन्दा पनि शर्म लाग्ने अवस्था बनाएको छ, त्यसका विरोधी हौं । त्यस्ता गतिविधिका विरोधी हौं जसले यस्ता कुरीतिहरुलार्ई बढावा दिएको छ । तर हाम्रो बाटो अहिंसात्मक, शान्तिपूर्ण र विश्व बांधुत्वलार्ई प्रगाढ बनाउदै वैचारिक वहसद्वारा समाधानको बाटो पहिल्याउने र अगाडि बढने रहेको छ ।