
नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन ।
जापानी इन्जिनियर काजुयो सेजिमाले यस्तो रेल निर्माणको योजना तयार पारेको संचारमाध्यमहरुले जनाएका छन् । हाल निर्माणाधीन रहेको उक्त रेल सन् २०१८ सम्मा गुड्न थाल्ने जनाइएको छ ।
तीब्र गतिको रेल ‘बुलेट ट्रेन’ बनाएर विश्व मै ख्याती कमाइसकेको जापानले अदृष्य रेल बनाएर फेरि सबैलाई चकित पार्ने तयारी गरिरहेको हो ।
यो रेल सिसाले बनाइने जनाइएको छ । उक्त रेलले टोकियोलाई मुलुकका विभिन्न सहरसँग जोड्ने अधिकारीहरुको भनाई छ । (एजेन्सी)