व्यावसायिक बाख्रा प्रवर्द्धन राष्ट्रिय कार्यक्रम अन्तर्गत व्यावसायिक कृषकले झापामा ३० लाख रूपैयाँ अनुदान प्राप्त गरेका छन् ।
आ.व. २०७३/७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही १ लाख ५० हजार रूपैयाँका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्षकमा अनुदान दिइएको हो ।
उक्त कार्यक्रम अन्तर्गत युवालक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा. कुमारसिंह खत्रीले जानकारी दिए । गत वर्षसम्म जिल्लामा २८ वटा बाख्रा फार्म थिए, यस वर्ष ५६ वटा फार्म थपिएका छन् ।