newskoseli.Com

एशियाकप छनोट क्रिकेट : फेरि सिङ्गापुरलाई पनि जित्यो नेपालले…

एशिया कप छनोट अन्तर्गत आइतबार भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले १४–१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।

मलेशियाको राजधानी क्वालालम्पुरमा भएको यस खेलमा सिङ्गापुरले टस जितेर ब्याटिङ गर्दै ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३–३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए । नेपालले शनिबार मलेसियालाई पनि १९ रनले पराजित गरेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर