
बहुचर्चित ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीको गाउँ अर्थात् रामेछाप जिल्लाको कठजोर भन्ने ठाउँमा सूर्यवंशी आलेमगरहरुको बसोवास छ । त्यस गाउँमा रातो रङले पोतिएका घरहरु आलेमगरका हुन् भनेर परैबाट ठम्याउन सकिन्छ ।
बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा बसोवास गर्ने सबै जात–जाति र समुदायका आ–आफ्नै पहिरन, वेशभूषा, पहिचान, सामाजिक–सांस्कृतिक मूल्य–मान्यता र प्रचलन छन् । कुलपूजा, वायुपूजा, दिवाली र अन्य पर्वका अवसरमा गानाबजाना सहित नाचगान गर्ने यहाँका आलेमगरहरुको प्रचलन अन्यत्रभन्दा केही फरक छ ।
खासगरी वैशाख पूर्णिमा (बुद्धजयन्ती) को अघिल्लो दिन रामेछापको त्यही स्थानका मगरहरुले लाेकबाद्य बजाएर गरेको त्यस्तै लोकसंस्कृतिको एक दृश्य रामकृष्ण मगरले क्यामरामा कैद गरेका छन् । भिडियोमा हेर्नोस् आलेमगर संस्कृतिको एक झलक–