
गायिका उषा गजुरेल र गायक सुरज पण्डितको स्वरमा सजिएको गीत ‘श्वास’ को भिडियो हालै सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार सुरज पण्डितको शब्द तथा सङ्गीतमा संरचित ‘श्वास’ गीतको भिडियोमा ‘रेलको बाटो’, ‘सिंहदरबार’ जस्ता चर्चित गीतका गायक सुरज र उषाले नै फिचरिङ गरेका छन् ।
विक्रम चौहानले निर्देशन गरेको यस भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् । दिपेन्द्र राईले निर्माण गरेको भिडियो Usha Gajurel युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।