सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेकै बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधि विज्ञहरुले बताएका छन् ।
विज्ञहरुका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ, २०१९’ मा बोल्दै नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने विज्ञहरुले दाबी गरे ।
कार्यक्रममा बोल्दै हाल नेपालका सरकारी वेबसाइटहरु नै सुरक्षित नभएको दाबी भैरव टेक्नोलोजीका सीईओ सरोज लामिछानेले गरेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।