newskoseli.Com

त्रि–चन्द्र क्याम्पसको स्थापना दिन नै थाहा छैन !

अनुसन्धानकर्ताहरूका लागि राजधानीस्थित प्रसिद्ध त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति खोजको विषय बन्न सक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ ।

स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अंक सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन । त्रि–चन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

७५औं वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको क्याम्पसका कर्मचारीहरू बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२औं वर्ष मनाएको छ । झन्डै तीन दशकदेखि भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाइँदै आइएको बताउँदै क्याम्पसका प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेले भने– ‘यो मितिका बारेमा म जवाफ दिन सक्ने अवस्थामा छैन, हामीसँग लिखत छैन, कुन र के आधारमा भदौ ५ लाई स्थापना दिवस मानियो भन्ने भन्न सक्दिनँ ।’

सन् १९९६ मा जिओ सोभेनियर नामक पुस्तिकामा इतिहासकार डा. राजेश गौतमले त्रि–चन्द्र कलेजको सम्पूर्ण इतिहास लेखेका छन् । त्यसमा उनले १९७५ साल भदौ १२ गते क्याम्पस स्थापना भएको उल्लेख गरेका छन् । उनले ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ शीर्षक पुस्तकमा पनि सोही मिति लेखेका छन् ।

उनका अनुसार सन् १९१६ डिसेम्बर ३१ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा कलेज खोल्ने कुराको तत्कालीन बेलायती रेजिडेन्ट बेलीलाई पत्र लेखेका थिए । लामो पत्राचारपछि पटना विश्वविद्यालयअन्तर्गत रहने गरी सन् १९१८ अगष्ट १ मा अनुमति दिइएको थियो । ब्रिटिस–भारत सरकारले अनुमति दिएको २८ दिनपछि १९७५ साल भदौ १२ गते अर्थात् सन् १९१८ अगस्ट २८ मा त्रि–चन्द्र कलेज स्थापना भएको खबर प्रकृति अधिकारीको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर