newskoseli.Com

त्रिविको गैरजिम्मेवारी : विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड !

त्रिभुवन विश्वविद्यालयले शोधको विषयमा पाठ्यक्रमभन्दा बाहिरको प्रश्न परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ ।

त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटक–पटक विभिन्न विषयमा पाठ्यक्रमभन्दा बाहिरबाटै प्रश्न आउने गरेको विद्यार्थीको गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्नु आवश्यक ठानेको देखिँदैन ।

त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटक–पटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्वीकार्छन् ।

उनले भने– ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’ मुलुकको जेठो र सर्वाधिक नागरिकले पढ्ने विश्वविद्यालयको लापरबाहीसम्बन्धी यो खबर प्रशान्त वलीको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर