विश्वप्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४ के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।
सामसुङले हाल १२८ जीबी आन्तरिक भण्डारण सहितको ५ जी ग्यालेक्सी एस ६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८ सय ५० अमेरिकी डलर रहेको छ ।