प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीका उटपट्याङपूर्ण क्रियाकलापका कारण विभाजनको डिलमा पुगेको नेकपा एमालेका ११ शीर्ष नेताहरूले आइतबार चारपाने संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्रका समस्याहरूको यथार्ता उजागर गरेका छन् ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटीका सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्रप्रसाद पाण्डेद्वारा जारी संयुक्त विज्ञप्तिमा अध्यक्ष ओलीका असंगतिपूर्ण व्यवहारको सविस्तार चर्चा गरिएको छ । नेताहरूले अब आफ्ना पक्षबाट चालिने कदम र मुलुक तथा आन्दोलनको आवश्यकताका सन्दर्भमा आफ्नो विश्लेषण समेत संयुक्त विज्ञप्तिमार्फत प्रस्तुत गरेका छन् ।