सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर सिंगै पार्टी एकलौटी ढंगले कब्जामा लिएपछि गम्भीर असहमति जनाएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बुधबारदेखि राजधानीमा राष्ट्रिय भेला सुरू गरेको छ ।
बिहीबारसम्म चल्ने एमालेको उक्त राष्ट्रिय भेलाप्रति प्रधानमन्त्री ओली समूहले भने आपत्ति जनाएको छ । ओली समूहका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति नै निकालेर राष्ट्रिय भेला नगर्न ‘निर्देशन’ दिएका थिए । शीर्ष नेतृत्वपंक्तिका तर्फबाट भेलामा छलफलका निम्ति प्रस्तुत गरिएको ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ शीर्षकको आठपाने दस्तावेजको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ ।