सत्ताधारी नेकपा (एमाले) को विवाद उत्कर्षमा पुगिरहेका बेला ओली समूहले इतर पक्षका नेतालाई सोधेको ‘स्पष्टीकरण’ को जवाफ दिने क्रममा सो पार्टीका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले भन्दा अझै कडा ‘दनक’ दिएका छन् ।
मंगलबार पार्टीमा बुझाएर सार्वजनिक गरिएकाे नेता भुसालको ११ पाने ‘स्पष्टीकरण’ मा ओली समूहले सोधेका प्रश्नहरुको जवाफ दिनुभन्दा पनि अध्यक्ष ओली र उनको समूहका बदमासीहरुलाई उजागर गरिएको छ ।