कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जसपा मिलेर गठन गरेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सञ्चालनको आधारभूत ‘गाइडलाइन’ का रूपमा ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ तयार भएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा उनीबाहेक कांग्रेस, माओवादी केन्द्र र जसपाका २–२ जना प्रतिनिधि सम्मिलित भई बनेको ७ सदस्यीय कार्यदलले सहमतिका साथ तयार पारेर प्रधानमन्त्री देउवा र अरू दुई दलका शीर्ष नेतालाई शुक्रबार बुझाएको यो दस्तावेज शीर्ष नेताहरूबाट स्वीकृत भएर सार्वजनिक हुन भने बाँकी नै छ ।