
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिका सदस्यहरुको संख्या ३७३ पुगेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा उक्त संख्याकै सदस्य सहभागी भए ।
पछिल्लाे महाधिवेशनबाट र त्यसयता समेत केन्द्रीय समितिले पूर्णता नपाएको र पदाधिकारीहरु समेत चयन नभएकै अवस्थामा बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट, आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत ९ एजेन्डामा छलफल गरी निर्णय लिने कार्यसूची छ ।