
चाल आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गर्न तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको बजेट लेख्ने गोप्य कोठामा मध्यराति अनधिकृत व्यक्तिहरूको प्रवेश गराई ‘अपराध’ गरेको भन्दै प्रतिपक्षी एमालेले लगाएको आरोप निराधार प्रमाणित भएको छ ।
सो सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले दुई साता लगाएर गरेको अनुसन्धान र सर्वत्र संकलन गरेका प्रमाणहरूको विश्लेषण गर्दा निवर्तमान अर्थमन्त्री शर्मामाथि लगाइएको आरोप कहींकतैबाट पुष्टि हुन नसकेको निष्कर्ष निस्किएको छ । समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएलगत्तै छानविन प्रतिवेदन सार्वजनिक भएको छ ।