फाक्तेप–५ र फाकफोक–२ स्थित घुर्बिसे पञ्चमीमा क्षेत्रीयस्तरको खेलमैदानको निर्माण भएको छ ।
सांसद विकास कोषबाट ७ लाख, युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, जल तथा प्राकृतिक प्रकोप कार्यालयाबाट ४ लाख, स्थानीयवासीको जनश्रमदान बराबर १ लाख ८० हजार, फाकफोक गाविसबाट १ लाख र फाक्तेप गाविसबाट ५० हजार गरी १४ लाख ८० हजार खेल मैदान बनेको खेल मैदान निर्माण समितिका अध्यक्ष दानबहादुर अधिकारीले जानकारी दिए ।
समितिका सदस्य विनोद आङ्देम्बेका अनुसार लम्बाइ १ सय १० मि र चौडाइ ५६ मि रहेको खेल मैदान बनेपछि जिल्लाको क्षेत्र नं २ का फाक्तेप, चिलिङ्देन, आङ्सराङ, माङाबुङ, सराङ्डाँडा र इलाम जिल्लाका फाकफोक, आमचोक, फुयाप्तपा लगायत गाविसका खेलाडीलाई सहज हुने समितिका सदस्य आङ्देम्बेले बताए । रासस