newskoseli.Com

‘पिँढीमा बसेर मेरै बाटो हेरेर’… : रहेनन् चर्चित लोकगायक बुद्धिकृष्ण

‘पिँढीमा बसेर, मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर परदेशी छोरा नआउँदा, चिठीपत्र नपाउँदा मनमा विरह चल्दो हो, आँशुले धोती भिज्दो हो...’ आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले शुक्रबार आफ्नै आँगनमा देहत्याग गर्द...बाँकी

‘चियाको राजधानी’ मा फस्टाउँदै व्यावसायिक कफीखेती

चियाका लागि प्रख्यात क्षेत्र हो इलाम । उत्पादनका हिसाबले मात्र नभर्इ मनोरञ्जनात्मक दृष्टिले समेत यहाँ चियाको महत्त्व ठूलो छ । पछिल्लो समय इलाममा चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खानेसम्मका बाह्य तथा आन्तरिक पर्यटक भेटिन्छन् । चियाको प्रख्यात यही क्षेत्रमा पछिल्लो समय कफीको समेत...बाँकी

गरिबीका कारण सानै उमेरमा विवाह ! के–के छन् बालविवाहका कारण ?

पढाइमा कमजोर हुनुका साथै पारिवारिक आर्थिक अवस्था कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह हुने गरेको पाइएको छ । उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयकी शिक्षिका नन्दा शाहीले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्...बाँकी

ट्राफिक प्रहरीको बिलौनाः ‘तलबले लुगा धुने कि पेट पाल्ने ?’

न धुलो न धुवाँ, न घाम न पानी– सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश सहरमा खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम–पानी, धुवाँ–धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो–धुवाँले गर्दा ...बाँकी

नेपालमै नयाँ प्रवधि : खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि नसल्कने !

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । नास्टले क...बाँकी

अझै किन हटेन लैङ्गिक विभेद ?

वर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउँछिन् । छोटो कपाल काट्छिन् । पाइन्ट र सर्ट लगाउँछिन् । उनी पुरुष नेताजस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्छिन् । उनका अभिभावकलाई गाउँका मान्छे  ‘तपाईंकी छोरी त छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन, छ...बाँकी

स्वर्गकै टुक्रा पो रहेछ पोखरा : ‘फिलिपिनो राजकुमारी’

सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा. मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् । पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डकी शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आएकी हुन् । चाइचान पश्चिम म...बाँकी

विप्लवको ‘महापतन’ : एकै कोणका बेग्लाबेग्लै दुई टिप्पणी

नेपालका एक चर्चित राजनीतिकर्मी अर्थात् नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को ‘महापतन’ नामक नयाँ कृति हालै बजारमा आएको छ । र, बौद्धिक एवं राजनीतिक वृत्तमा यस पुस्तकबारे गहन चर्चा, विश्लेषण र विमर्श सुरु भएको छ । यस कृतिबारे केही दिन अघि मात्र नेपाली माओवादी आन्दोलनका एक चर...बाँकी

मिर्गौला त फेरियो तर फेरिएन ‘चरा देखाउने’ पेशा !

सौराहा, चितवनका दिनेश गिरी (४८) लाई फेरि पनि ‘पर्यटकलाई चरा देखाउने’ पेशामा सक्रिय हुन सकिएला भन्ने आशा थिएन । ‘दुवै मिर्गौलाले काम गर्न छाडे’ भन्ने रिपोर्ट अस्पतालबाट पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । पुस, २०७१ को कुरा हो । ‘यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन,’ त्यो क्षण सम्झँदै गिरीले भन...बाँकी

पाख्रिन दाइसँगको अन्तरंग : ६ वर्षअघिको संस्मरण…

यो मुक्ति यात्रामा धेरै काट्यौं उकालो, अझै काट्नु छ आइपुगियो नेटोमा, शिखर पुग्न अझै बाँकी छ... आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो सुन्दर गीत ‘रक्तक्रान्तिका गीतहरू’ शीर्षक अडियो सीडी, म्युजिक भिडिओ र गीतिपुस्तिकामा संग्रहित छ । यी र यस्तै हजारौं कालजयी एवं जीवनोपयोगी सरल, सहज र सुमधुर गीत–सं...बाँकी