२४ पुष, २०७३ |
श्याम रिमाल
ग्यालरीभित्र पस्दा नै चराहरुको चिरबिर सुनिन थाल्छ मानौँ भित्तामा टाँसिएर बसेका चराहरु प्राकृतिक वातावरणमा चिँची चुँचु गर्र्दै तपाईँको स्वागत गरिरहेका छन् ।
बबरमहलस्थित नेपाल कला परिषद्को पहिलो तला सयौँ नाम थाहा भएका र नभएका नभचरहरुले सजिएको छ । प्रकृतिको सुन्दर उपहार र मनुष्य जातिको नजिकको मित...बाँकी
२२ पुष, २०७३ |
रमेश कुमार वली
पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ कि त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस– ४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।
गाउँको वरि...बाँकी
१९ पुष, २०७३ |
कविता उपाध्याय
धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको हुनुभयो । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिनु भयो । विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले । विवाह भएको करिव २ वर...बाँकी
१९ पुष, २०७३ |
किरण भट्टराई
वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणको नाममा एक संस्थाले अवैध रुपमा रकम उठाइरहेको भेटिएको छ ।
गत वैशाख १९ गतेदेखि माईग्राम नामक मलेसियन कम्पनीले प्रति कामदार ३० डलर अर्थात करिब रु तीन हजार २ सय रुपैयाँ उठाउँदै आएको छ ।
सो कम्पनीले नेपाल सरकारबाट स्वीकृति नलिएको तथ...बाँकी
१६ पुष, २०७३ |
एकराज पाठक
सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो । यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो । र त्यो भन्दा पनि ठूलो चर्चा त उनको बिजयको भयो, जसले लगभग संसारका अनुमानहर...बाँकी
१५ पुष, २०७३ |
भीष्मराज ओझा
राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै नेपाली काँग्रेसले ४१ वर्षअघि अवलम्बन गरेको नीति अहिले झनै सान्दर्भिक बनेको छ ।
मुलुकमा यतिखेर संविधान संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रमुख राजनीतिक शक्तिबीच धु्रवीकरण बढ्दै गएको छ । ...बाँकी
१२ पुष, २०७३ |
जनताको विवेकमा सन् २०१६ डरलाग्दो वर्ष रह्यो । धेरै मुलुकमा डरलाग्दा आतङ्कवादी आक्रमण भए । सिरियाली सङ्कटले लाखौंको ज्यान लियो । टर्कीले आत्मघाती बम आक्रमण तथा असफल सैनिक विद्रोह बेहोर्यो । सत्तरीभन्दा बढी मुलुकले स्वतन्त्रता घटेको अनुभव गरे ।
राजनीतिक धक्कामा बेलायत युरोपेली युनियनबाट बाहिरिने तथा...बाँकी
३ पुष, २०७३ |
राजकुमार श्रेष्ठ
हामी न्यू डाइमण्ड स्कूल पुग्दा स्कूलको बसभित्र बसेर विद्यार्थीका गृहकार्य कापी जाँचिरहेका थिए कुमार सर अर्थात् न्यू डाइमण्ड स्कूलका प्रिन्सिपल कुमार राई । हामीले केही समय बसभित्रै उनीसँग कुराकानी ग¥यौं । त्यसपछि उनले हामीलाई केही अप्ठेरो मान्दै आफ्नो कार्यकक्षमा लगे । उनको कार्यकक्ष सिल्ड नै सिल्ड...बाँकी
१७ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन विद्रोही नेकपा (माओवादी) र सात संसदवादी दलहरुका बीच भएको बाह्रबुँदे समझदारी भारतीय भूमिमा गरिनु आफूहरुको गम्भीर गल्ती भएको बताएका छन् ।
नेपाली भूमिमै एमाले...बाँकी
९ मंसिर, २०७३ |
प्रकाश सिलवाल
कलिलो उमेरमा सैन्य तालिम लिइरहेकी त्रिभुवन त्रिशूली माविमा कक्षा ९ मा अध्ययनरत प्रियङ्का तामाङलाई आजभोलि बोल्न पनि फुर्सद छैन । हरेक बिहान दुई घन्टा सैन्य तालिम लिएलगत्तै उनी खाना खान कोलनीस्थित घर जान्छिन् र त्यसपछि नियमित पढाइका लागि विद्यालय आउँछिन् ।
तालिम कस्तो लाग्यो ? प्रश्नको उत्तर दिने रहर...बाँकी