३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका एक नेताले राज्यका विरुद्ध सशस्त्र क्रान्तिको चेतावनी दिएका छन् । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय महासचिव लालबहादुर विश्वकर्मालाई सोमबार राति ८ बजे पार्टी कामको सिलसिलामा काभ्रे जिल्लामा गिरफ्तार गरिएको भन्दै त्यसका विरुद...बाँकी
३१ जेष्ठ, २०७३ |
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता–कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।
क्रान्तिकारी माओवादीकाे, नेवा राज्य समितिले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेवाः राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा (माओव...बाँकी
३१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।
बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर) लाई प...बाँकी
३० जेष्ठ, २०७३ |
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका कारण नेपालमा पनि बालबालिका यौन शोषणमा पर्ने गरेको पाइएको छ । सिविन नेपाल, शक्ति समूह र माइती नेपालद्वारा अाइतबार राजधानीमा सार्वजनिक गरिएको ‘विश्व यात्रा तथा पर्यटनमा बाल यौन तथा शोषण प्रतिवेदन’ मा यस्ताे तथ्य औँल्याइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
कांग्रेस नेता प्रदीप गिरिले आइतबार सार्वजनिक कार्यक्रमको मञ्चमै सबैका सामु नयाँ शक्ति नेपालकी केन्द्रीय नेता समेत रहेकी सिनेअभिनेत्री करिश्मा मानन्धरको सातो लिइदिए ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घोषक रहेकी अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप ग...बाँकी
३० जेष्ठ, २०७३ |
नेपाल पत्रकार महासंघको सोलुखुम्बु शाखाका सदस्य एवम् हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।
महासङ्घका महासचिव उजिर जारीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको...बाँकी
३० जेष्ठ, २०७३ |
सम्राट सिंह
विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विवादमा खुकुरी हानाहान हुदा ५ जना घाइते भएका छन । पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा एकतर्फि अध्यक्ष चयन गरेको भन्दै दुइ पटक झडप भएको छ ।
जेठ २८ गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष वनाए पछि रु...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
आइतबार राजधानीमा बाबुराम भट्टारार्इ नेतृत्वको नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा हुँदैछ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टी घोषणाका क्रममा हुने आम्दानी र खर्चको अनुमानित विवरण शनिबार राति न्युजकोसेलीलार्इ उपलब्ध गराएका छन् ।
नेता देवकोटाले दिएको विवरण अनुसार नयाँ शक्ति घोषणा...बाँकी
२९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले मोरङ, धनकुटा, दाङ र सल्यानस्थित एनसेलका टावरहरूमाथि आक्रमण गरेर ध्वस्त बनाइदिएका खबरहरू प्राप्त भएका छन् ।
शुक्रबार राति ३ बजेतिर दाङको लक्ष्मीपुर गाविसस्थित चौघरा र लमही नगरपालिका– ४ स्थित श्रीगाउँमा रहेका एनसेलका २ वटा टावरमा आगजनी गरेको छ । त्यसैगरी ...बाँकी
२८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताका लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषदका सचिवालय सदस्य ...बाँकी